प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

नवलपुर टुडे
२०७९ असार १४ | मध्यान्ह १२:०३ बजे

काठमाडौं, असार १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिएकी हुन् ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । देउवाले एकीकृत समाजवादी पार्टीका मन्त्री फेरिएसँगै बैठक आह्वान गरेको हो । आजको बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने स्रोतले जनाएको छ ।
एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीहरुको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।






















