Opens in a new tab

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

नवलपुर टुडे
२०७९ जेष्ठ २४ | बिहान ०९:०२ बजे

सुर्खेत, जेठ २४ । कर्णाली प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको छ ।प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ। यसका लागि आज प्रदेश सभा बैठक बोलाइएको छ।

संवैधानिक व्यवस्था अनुसार असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । यसअघिका अधुरा परियोजनालाई निरन्तरता दिनेसँगै नयाँ कार्यक्रम पनि समावेश रहेको जनाइएको छ। आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले कार्यान्वयनमुखी योजना समावेश रहेको बताए।

यस वर्ष विगतको भन्दा केही कम बजेट हुने जनाइएको छ। केही दिर्घकालीन योजना पनि अघि बढाइने जनाइएको छ।

कमेन्टहरु