राजनीति

बागी उम्मेदवारी दिएपछि पार्टीबाट निष्कासित भएका एमाले नेता मिश्र पत्नीसहित कांग्रेसमा प्रवेश

नवलपुर टुडे
२०७९ जेष्ठ २३ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं । बागी उम्मेदवारी दिएपछि पार्टीबाट निष्कासित गरेका नेकपा एमाले ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

केन्द्रीय सदस्य रामहरि खतिवडाको पहलमा मिश्र र उनकी पत्नी कविता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिई पार्टी प्रवेश गरेका हुन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मिश्रले टिकट नपाएपछि खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनले चुनावमा ३० मत पाएका थिए ।

बागी उम्मेदवारी दिएपछि एमालेले मिश्रलाई गाउँपालिका कमिटी अध्यक्षबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । उनलाई हटाएर एमालेले झम्कहरी बडाललाई अध्यक्ष चयन गरिसकेको छ ।

कमेन्टहरु