राजनीति

माओवादी केन्द्रले नेतादेखि कार्यकर्तासम्मबाट वार्षिक १०० रुपैयाँ उठाउने

नवलपुर टुडे
२०७९ जेष्ठ २२ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं, जेठ २२ । नेकपा (माओवादी केन्द्र)ले नेतादेखि कार्यकतासम्मबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने निर्णय गरेको पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा संरचना निर्माण र व्यवस्थित गर्नकासाथै पार्टीका महत्वपूर्ण इभेन्ट सञ्चालन गर्न वार्षिक एकसय रुपैयाँ उठाउने निर्णय गरेको हो । कुल ८ लाख पार्टी सदस्यबाट वार्षिक एक सय रुपैयाँका दरले उठाएमा कुल ८ करोड रुपैयाँ जम्मा हुने भएको छ ।

कमेन्टहरु