Opens in a new tab

देश

मकवानपुरबाट ५० किलो गाँजासहित अटो चालक पक्राउ

नवलपुर टुडे
२०७९ जेष्ठ २० | मध्यान्ह ०९:०२ बजे

हेटौँडा । मकवानपुरबाट ५० किलो गाँजासहित एक अटो चालक पक्राउ परेका छन् ।

हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडबाट बिहीबार साँझ ५० केजी ४ सय ग्राम अवैध लागू औषध गाँजासहित भारतको सितामणि थानाबेला–१० नोचाका ३७ वर्षीय राजेश चौधरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बस्तिपुरबाट हेटौँडा बजारतर्फ जाँदै गरेको ना२ह १५०८ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको पछाडि भागमा बोरामा लुकाई ल्याएको उक्त परिमाणको लागू औषध फेला पारिएको हो ।

कमेन्टहरु