देश

नागरिककाे शान्तिपुर्ण आन्दाेलनमा प्रहरीको हस्तक्षेप

नवलपुर टुडे
२०७७ माघ १२ | मध्यान्ह ०५:१० बजे

माघ १२,काठमाडौं ।
प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो ।

photo 2021 01 25 17 31 51

तर बालुवाटार नपुग्दै प्रहरीले रोक्यो । मार्च अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको पोहोरा हानेको छ ।
बृहत नागरिक आन्दोलनका नारायण बाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताए । उनले भने, ‘शान्तिपूर्ण रुपमा धर्ना दिन गइरहेको थियौं । हामीमाथि जुन बर्बर दमन भयो, अब तेस्रो जनआन्दोलन सुरु भयो ।’

photo 2021 01 25 17 34 17

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने नागरिक समाजको विरोध र्‍याली सकिने क्रममा बालुवाटारमा निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि रोकिएको बताए । ‘निषेधित क्षेत्र तोड्न खोजेपछि सामान्य बल प्रयोग गरेका हौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले भने ।

कमेन्टहरु