दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी

नवलपुर टुडे
२०७९ जेष्ठ ११ | मध्यान्ह ०३:०२ बजे

बुटवल, जेठ ११ । दाङको तुलसिपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका टिकाराम खड्का ३१४०८ मतका साथ विजयी भए हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७७१७ मत पाएका थिए । यस्तै उपमेयरमा पनि एमालेकै स्यानी चौधरी निर्वाचित भएकी छन् । उनले ३०५९७ मत ल्याउदा उनका प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २१०६५ मत पाए ।
कांग्रेसका गढ मानिएका वडामै अपेक्षित मत प्राप्त नभएपछि गठबन्धन फराकिलो मतले पराजित भएको हो । यो उपमहानगरपालिका एमालेका महासचिव शंकर पोखरेल र नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक गिरीको गृहपालिका हो ।






















