वडाध्यक्ष तुंगनाथ चौधरीद्वारा पदभार ग्रहण

नवलपुर टुडे
२०७९ जेष्ठ ११ | मध्यान्ह ०२:०२ बजे

अजय मिश्र
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नव निर्वाचित वडा नं १ वडाध्यक्ष तुंगनाथ चौधरीले मंगलवार वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । उहाँलाई वडाका कर्मचारीले स्वागत गरेका थिए ।
नगर उप प्रमुख लगायत वडाध्यक्ष तथा सदस्यलाई मंगलवार एक कार्यक्रमका बीच नगर प्रमुख शाहले सपथ ग्रहण गराएपछि वडाध्यक्ष तुंगनाथ चौधरीले पदभार ग्रहण गरेका हुन । तुंगनाथ चौधरी राष्ट्रिय प्रजातंत्र पार्टीबाट वडाध्यक्ष पदमा उमेदवारी दिई स्थानीय तह कृष्णनगरको वडा नं १ वडाध्यक्षमा विजयी भएका हुन् l वडाध्यक्ष चौधरी दोस्रो पटक वडाध्यक्षमा प्यानलसहित विजयी भएका हुन ।
पदभार ग्रहण गर्दा वडाध्यक्ष चौधरीलाई राष्ट्रिय प्रजातंत्र पार्टीकी केन्द्रीय सदस्य पुष्पा रजौरीया, वडा सचिव किरन श्रीवास्तव लगायत अन्यले बधाई दिदै स्वागत गरेका थिए l






















