मुख्यमन्त्रिलाई विवाहकाे शुभकामना दिन पुगे राष्ट्रपति

नवलपुर टुडे
२०७७ माघ ११ | मध्यान्ह ०४:१० बजे

काठमाडौँ
प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईलाई विवाहको शुभकामना दिन राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन्।
राष्ट्रपति भण्डारी दिउँसो साढे ३ बजे गैरीधारास्थित एलेक्स पार्टी प्यालेसमा आयोजित विवाह समारोहमा पुगेकी हुन।

मुख्यमन्त्री राईले मिस मंगोल २०१८को विजेता जाङ्मु शेर्पासँग किराँती परम्परा अनुसार लगनगाँठो कसेका छन्।
काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ।
मुख्यमन्त्री राईको पुर्ख्यौली घर भोजपुर हो भने जाङ्मु शेर्पा संखुवासभाकी हुन्।
राई र शेर्पाबीच झण्डै २८ वर्ष उमेर अन्तर छ। उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए।























