तपाई भोट दिनुस, म विकास गर्छु : मेयर उम्मेदवार कुनाल शाह


कपिलवस्तु, बैशाख २७ । नगरवासीहरुको रोजाईमा पर्न सफल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार कुनाल प्रताप शाह चुनावी मैदानमा उत्रिनुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फबाट कृष्णनगर नगर प्रमुख पदका उम्मेद्वार कुनाल प्रताप शाहले घरदैलोका क्रममा मतदाताहरुसँग भन्नुहुन्छ, `तपाई भोट दिनुस, म विकास गर्छु ।´
नेकपा एमालेको तर्फबाट कृष्णनगर नगरपालिका नगर प्रमुख पदका उम्मेद्वार शाहले मतदाताहरुका समस्या, आवश्यकता र माग सम्बोधन गर्दै नगरलाई समृद्ध बनाउने अठोटका साथ अहोरात्र खटिरहनुभएको छ । उहाँ शिक्षा, उद्योग र सामाजिक क्षेत्रमा निकै अब्बल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । पुस्तौदेखि राजनीतिक पृष्ठभूमि बोकेको उहाँको परिवारले यसपटक एमालेबाट नगर प्रमुखमा कुनाल प्रतापलाई अगाडि ल्याएको हो ।
कुनाल प्रताप शाह संगठित राजनितिक क्षेत्रमा पार्टीको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्ने तथा जनताले नगर प्रमुख पदमा चुने कुनाल आफ्नो जिम्मेवारी पूर्ण रूपमा इमानदारीका साथ निर्वाह गर्ने उनका बुबा राकेश प्रताप शाह (गुड्ड भैया) ले बताए ।
स्थानीय तहको निर्वाचनमा आफूलाई नगरको जनताले विजयी बनाए नगरमै उत्कृष्ट कार्य गरि नगरलाई समृद्ध बनाउने खाका तयार गरि अगाडि बढ्ने र पुरा हुन नसकेका विकास निर्माणका काम अब शाहले अठोटका साथ पूरा गर्ने बताए । उहाँ प्रति नेकपा एमाले पार्टीले विश्वास गरि नगरको विकास गर्न सक्षम रहेको भन्दै नगर प्रमुख पदमा टिकट दिएको थियो ।
भ्रष्टाचारको विरुद्धमा उभिई विशुद्ध समाज सेवामा समर्पित रहदै आउनुभएका शाह युवावर्गहरुको रोजाई बन्नुभएको छ । युवा, पर्खर वक्ताको रुपमा परिचित शाह अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट योजना बनाई अगाडि बढ्ने बताए । उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनताका समस्यालाई आफ्नै समस्या मानि समाधान गर्ने बताउनुभयो ।
नगर प्रमुख पदका उम्मेदवार कुनाल प्रताप शाह आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, खानेपानी, सरसफाई लगायत भौतिक विकास निर्माण तथा सामाजिक रुपान्तरणलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।






















