राजनीति

प्रधानमन्त्री देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने

नवलपुर टुडे
२०७९ बैशाख २७ | मध्यान्ह १२:०१ बजे

काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा पुगेका छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा ३० गते मतदान गरेर मात्र काठमाडौं फर्किन उनका प्रेस संयोजक गोविन्द परियारले बताए ।

सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर देउवा डडेल्धुरा प्रस्थान गरेका हुन् । उनले सोमबार आफ्नो मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

देउवाले आज अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले बताए । उनका अनुसार अमरगढीमा बिहान १० बजे र परशुराम नगरपालिका मा दिउँसो २ बजे चुनावी सभा हुनेछ ।

कमेन्टहरु