पोखराका बागी उम्मेदवारले गरे आफ्नो उम्मेदवारी निष्क्रिय, गठबन्धनलाई सघाउने

नवलपुर टुडे
२०७९ बैशाख २६ | मध्यान्ह ०६:०१ बजे

पोखरा । पोखरा महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले गठबन्धनलाई सघाउने निर्णय लिएको बताएका हुन्।
पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन् । ‘साथीभाइको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु’, विज्ञप्तिमा उनले भनेका छन्, ‘मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ।’























