Opens in a new tab

समाचार

भोलि रातिदेखि मादक पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध

नवलपुर टुडे
२०७९ बैशाख २६ | मध्यान्ह ०६:०१ बजे

काठमाडौ । निर्वाचन आयोगले बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ।

आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । तोकिएको अवधि र ठाउँमा मादक पदार्थको विक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

आयोगले कालो, रातो, निलो वा हरियोमध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ।

कमेन्टहरु