माओवादीका आधिकारिक उम्मेदवारलाई ‘बागी’ले लगाए एक लाख पैसाको माला


हुम्ला । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका आधिकारिक उम्मेदवारलाई बागी उम्मेदवारले एक लाख रुपैयाँको माला लगाइ दिएका छन्।
हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादीका अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई ‘बागी’ उम्मेदवारी दिएका अकबीर खड्काले एक लाख रुपैयाँको नोटको माला लगाइदिएका हुन् । खड्काले आफ्नो स्वतन्त्र उम्मेदवारी नभएको घोषणा गर्दै जैशीलाई समर्थन गर्ने सहमतिका साथ आफूले जम्मा गरेको एक लाख चुनाव खर्च जैशीलाई माला बनाएर जैशीलाई लगाई दिएका हुन्।
खड्काले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको थिए। उनलाई निर्वाचन कार्यालयले चुनाव चिह्न गुलाफको फूल दिएको थियो। उनले गुलाफको फूल र चुनाव खर्चका लागि जम्मा गरेको एक लाख रुपैषाँ जैशीलाई हस्तान्तरण गरेको बताए। ताँजाकोट गाउँपालिकामा माओवादीका जैशी र नेकपा एमालेका अजमल बुढाबीच प्रतिस्पर्धा हुदैछ।






















