राजनीति

प्रधानमन्त्री चितवन आइपुगे, निर्वाचन आचारसंहितालाई पालन गर्दै निजी गाडीमा सवार

नवलपुर टुडे
२०७९ बैशाख २१ | मध्यान्ह ०६:०१ बजे

चितवन, वैशाख २१ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुगेका छन् । उनी नेपाली सेनाको जहाज मार्फत अपरान्ह ५ः३० बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन् ।

पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनको भोलि विहान भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा आज चितवन आइपुगेका हुन् ।

सभापति देउवाले निर्वाचन आचारसंहितलाई ख्याल गर्दै चितवन आइपुगेका हुन् । प्रधानमन्त्रीले चितवनमा निजी गाडीमा सवार भएका छन् । विमानस्थलबाट बा ३ च २०५० नम्बरको गाडीमा सवार भएर देउवा होटल सिराइचुली पुगेका छन् ।

कमेन्टहरु