कृष्णनगरमा जनमत पार्टीको मेयरमा ओझाको चर्चा


धर्मेन्द्र कुमार कुर्मी
विजयनगर । कृष्णनगर नगरपालिका वडा नं. १२ नरैनापुर निवासी, हाल कृष्णनगर-२ का युवा समाजसेवी तथा युवा नेता मनोज कुमार ओझा कृष्णनगर नगरपालिकाको मेयर पदका लागि चर्चा चलेको छ ।
कपिलबस्तु जिल्लाको पिछड़िएको पश्चिमी क्षेत्रमा पर्ने कृष्णनगर नगरपालिकाको मुख्य बजार कृष्णनगर क्षेत्रमा एक दशक भन्दा बढी समय देखि पत्रकारिता गरी कृष्णनगर आसपासको संपूर्ण क्षेत्रलाई परिचित समेत गराउने कार्य युवा नेता मनोज कुमार ओझाले गरेर आफ्नो एक अलग पहिचान बनाउना सफल भएका छन ।
युवा नेता ओझाले कृष्णनगर क्षेत्रको जनताले स्थानीय भाषाको रूपमा बोल्ने र पढन सकने हिन्दी भाषाको रूपमा खोज न्युज टुडे नामक साप्ताहिक पत्रिका दर्ता गराई नेपालको पहिलो हिन्दी साप्ताहिक पत्रिका संचालन गरी कृष्णनगर क्षेत्रलाई नेपाल भरी चिनाउने कार्य गरेकोले सम्पुर्ण कृष्णनगर नगरपालिकावासी र जिल्लावासीहरुको समेत मन जित्न सफल भएका छन ।
पत्रिका संचालन कालदेखि नै डा.सीके राउतको न्युज हाल्दै आईरहेकोले ।डा.राउतले जनमत पार्टी दर्ता गरे पछि ओझाले सक्रिय रूपमा जनमत पार्टीमा लागेर हाल नगरपालिका कृष्णनगर क्षेत्रमा जनमत पार्टीलाई चिनाउना पनि सफलता प्राप्त गरिसकेका छन ।
ओझा पार्टीको भ्रष्टाचार निवारण बिभाग जिल्ला अध्यक्ष पनि बन्ना सफल भएका छन । कृष्णनगर-१० बकौली गाऊँको बिद्यालयमा शिक्षक पदमा रही आधा दशक भन्दा बढी शिक्षा क्षेत्रमा पनि योगदान गर्नू भएका छन । वर्तमान समयमा ब्राईटवे इंग्लिश बोर्डिंग स्कूल कृष्णनगर क्षेत्रमा संचालन गरी संस्थापक अध्यक्ष पनि छन ।
हाल नगरपालिकाको हरेक गाउँको चौक, चौकमा जनमत पार्टीको युवा मेयर पद प्रत्याशीको रुपमा मनोज कुमार ओझाको ब्यापक चर्चा भैरहेको स्थानीय, बुद्धिजीवी, शिक्षाप्रेमी र युवाहरूले बताएका छन ।






















