राजनीति

गाउँ गाउँमा नेविसंघको संगठन बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

नवलपुर टुडे
२०७९ बैशाख ६ | मध्यान्ह ०२:०१ बजे

काठमाडौ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गाउँका विद्यालयमा नेपाल विद्यार्थी संघको संगठन बनाउन निर्देशन दिएका छन् । नेविसंघको स्थापना दिवस कार्यक्रममा उनले निर्देशन दिएको हो ।

एमाले र माओवादीका स्कुल कमिटी छ । हाम्रो के भयो ? भोलि गाउँको स्कुलबाट नै माथि आउने हो । हामीले गाउँमा कमिटी बनाउनुपर्छ ।’ नेविसंघ स्कुल र कलेजमा हारिरहेको भन्दै गाउँमा संगठन बनाउन उनले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई निर्देशन दिए । साथै उनले छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

स्थानीय तह, प्रदेश र संघको निर्वाचन पछि गाउँ गाउँमा संगठन विस्तार गरी नेविसंघको अधिवेशन गराउन देउवाले निर्देशन दिए । ‘दुजाङको काम भनेको अधिवेशन गराउने हो । जो जित्छ उसैलाई नेतृत्व हस्तान्तरण गर्ने हो । भागबण्डा गर्दा झगडा मात्र हुन्छ यहाँ । भागबण्डाको रोग छ ,’ उनले भने । देउवाले शेर्पाको नेतृत्वमा पदाधिकारी विनाको कमिटी दिने संकेत गरे । पदाधिकारी बनाउँदा भागबण्डाको झगडा हुने उनको भनाइ थियो । ‘रामचन्द्रजीले पदाधिकारी बनाउने भन्‍नुभयो,’ उनले भने, ‘फेरि भागबण्डा गरी झगडा गरे हुन्छ । मेरो उपसभापति चाहियो, मेरो महामन्त्री चाहियो, मेरो उ चाहियो, उ चाहियो त्यसैमा लडाईँ हुन्छ ।’

यस्तै देउवाले नेविसंघ सबै कुुरामा अब्बल हुनपर्ने बताए । ‘नेविसंघको काँधमा जिम्मेवारी आइसक्यो । तपाईं प्रधानमन्त्री बन्नुस् । म खुसी नै हुन्छु । कोही मुख्यमन्त्री भन्नुस् । त्यसका लागि संगठन गर्नु पर्यो,’ उनले भने । नेविसंघलाई सबै ठाउँमा बलियो बनाउने र जिताउने अर्जुन दृष्टि राख्न उनले निर्देशन दिनुभएको हो ।

कमेन्टहरु