राजनीति, लुम्बिनी प्रदेश

नेकपा एमालेद्वारा गुल्मीदरवारको अध्यक्षमा पुनः भुषाल चयन

नवलपुर टुडे
२०७९ बैशाख ६ | बिहान ०८:०१ बजे

गुल्मी । नेकपा एमालेले अगामी वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि देशै भरका सम्वन्धित स्थानीय तहका विभिन्न पदका लागि उम्मेदवारहरुको चयन गरिरहेको छ।

समृद्ध नेपाल सुखी नेपालीको नारालाई पूरा गर्न कै लागि नेकपा एमालेले गुल्मीदरवार गाउँपालिका अध्यक्षमा जिल्ला सदस्य समेत रहनु भएका नेता कृष्ण भुषाल र उपाध्यक्षमा सुशिला पुनलाई सर्वसम्मत चयन गरेको छ। हिजो वैशाख ५ गते वसेको नेकपा एमाले गुल्मीदरवार गाउँकमिटी स्तरीय वैठकले उम्मेदवारको टुंगो लगाएको नेकपा एमाले पार्टी स्रोतले बताएको छ।

भुषाल गत २०७४ सालको निर्वाचन पनि गुल्मीदरवार गाउँपालिका अध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो। गुल्मीदरवार २ जुभुङ निवासी भुषाल तत्कालिन ७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसका स्व.अशोक कुमार थापासँग पराजित हुनु भएको थियो। उहाँले कक्षा ९ मा अध्ययन गर्दा विद्यार्थी कालदेखि नै अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नु भएको थियो।यस्तै उहाँ २०४६ सालदेखि राजनीतिमा सक्रिय हुँदै आउनु भएको छ। गत निर्वाचनमा पराजित भए पनि उहाँले संघ, प्रदेश सहितका विभिन्न निकायहरुसँग आवश्यक समन्वय तथा सहकार्य मार्फत समग्र गुल्मीदरवार गाउँपालिकाको विकास र समृद्धिका लागि भने सङ्ग्रसशिल रहिरहनुभयो ।

आफु पराजित भएपनि आम गाउँपालिकावासीहरुले सहजै महसुस गर्ने गरि समग्र गाउँपालिकाको विकास र समृद्धिका निम्ति खेलेको भुमिका तथा दिएको योगदानले गर्दा यस पटकको स्थानीय निर्वाचन आफुले जित्ने भुषालको दावी छ।

कमेन्टहरु