देश

अब त अत्तिभाे प्रचण्ड ज्यु , केही गराैँ – रेणु दाहाद

नवलपुर टुडे
२०७७ माघ ९ | बिहान १०:१० बजे

माघ ९, काठमाडौं ।
भरतपुर महानगरकी मेयर रेनु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो परिवारप्रति पटकपटक व्यक्तिगत प्रहार गरी राजनैतिक हिंसा गरेको आरोप लगाएकी छिन् । बिहीबार प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरी–ज्वाइँका लागि मात्रै काम गरेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीले बोलेको अनलाइनखबरमा प्रकाशित समाचारमा प्रतिक्रिया लेख्दै मेयर दाहालले गम्भीर आपत्ति जनाएकी छिन् । आफ्ना चाहानाहरु सबै त्यागेर जनताको हितमा लडेको भन्दै उनले लेखेकी छिन्, ‘व्यक्तिगत स्वार्थमा कहिल्यै लागिएन, सेवामा समर्पित हुनु कमजोरी हो ? नकी अरुको जस्तो बाले राजनीति गर्ने र छोराछोरीले फाइदा लिएर लुट्नु पर्ने हो ?’

उनले बरु प्रधानमन्त्रीले आफ्ना गुटका आसेपासेहरुलाई भन्दा अरुका लागि केही नगरेको आरोप लगाएकी छन् । ‘तपाईंले जन्माएका छोराछोरी छैनन् भन्दैमा फेरि तपाईंले के आफ्नो गुट आसेपासे र साइबर सेनामा भर्ति भएकालाई भन्दा बढ्ता कसलाई के गर्नु भएको छ ? अति भो महाराज,’ उनले लेखेकी छिन् ।

कमेन्टहरु