एमालेबाट निर्वाचित दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

नवलपुर टुडे
२०७९ बैशाख ६ | बिहान ०६:०१ बजे

डोल्पा, बैशाख ६ । डोल्पाको दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट निर्वाचित भएपनि पछि एमालेमा समाहित भएका थिए ।
संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधव नेपालले सही कदम चालेको विज्ञप्तिमा उल्लेख छ ।






















