सिरहामा पाँच राजनीति दललाई बुझायो सामुहिक ध्यानाकर्षण पत्र


सिरहा, बैशाख ५ । स्थानीय तहको निर्वाचनमा लैंगिक सुनिश्चिताको लागि सिरहाका पाँच वटा पार्टीलाई सामुहिक ध्यानाकर्षण पत्र बुझाएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा हरेक राजनीतिक दलमा महिला उम्मेदवारको संख्यामा बृद्धि एवं निर्णायक पदमा महिला उम्मेदवार सुनिश्चितताको माँग गर्दै सिरहाका मानव अधिकारकर्मीहरूद्वारा प्रमुख राजनीतिक दलको निर्णायक तहका नेतृत्वकर्ता समक्ष ध्यानाकर्षण पत्र बुझाइएको हो ।
सिरहास्थित मानव अधिकार संजाल, महिला मानव अधिकार रक्षक संजाल, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, इन्सेक, मानव अधिकार एलाइन्स लगायतका संस्थाहरुद्वारा नेकपा एमालेका सांसद तथा पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठ, नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादव, नेकपा माओवादीका सांसद जगत राय, नेकपा एकीकृत समाजवादीका प्रदेश कानुनमन्त्री प्रमोद यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष अशोक यादवलाई ध्यानाकर्षण पत्र बुझाईएको थियो ।






















