राजनीति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्दै

नवलपुर टुडे
२०७९ बैशाख ५ | बिहान ०९:०१ बजे

काठमाडौं, बैशाख ५ । नेकपा माओवादी केन्द्रले आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त कार्यक्रम राखिएको पार्टीले जनाएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम हुनेछ । आजै बिहान सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेतासहितको बैठक बस्दै छ । बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा र तालमेलका विषयमा छलफल हुनेछ ।

उक्त बैठकपछि अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको तयारी, गठबन्धनमा तालमेलबारे भइरहेको छलफल र माओवादीको रणनीतिबारे जानकारी गराउने बताइएको छ ।

कमेन्टहरु