राजनीति

पोखरा महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट १८ जनाको दाबेदारी पेश

नवलपुर टुडे
२०७९ बैशाख ४ | मध्यान्ह ०५:०१ बजे

पोखरा, बैशाख ४ । पोखरा उपमहानगरपालिकाको मेयरका नेपाली कांग्रेसबाट १८ जनाले महानगर समितिमा निवेदन दिएका छन् ।

१५ हजार रुपैयाँसहित उम्मेदवारीको लागि दाबेदारी पेश गर्नेमा गण्डकी प्रदेशका कानुनमन्त्री बिन्दुकुमार थापादेखि पूर्व सचिव तथा अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति हुन नपाएका बाबुराम आचार्यसम्म छन् । यस्तै पोखराको मेयरका लागि कांग्रेसका कास्की जिल्ला सभापति किशोरदत्त बराल, पत्रकार गंगाधर पराजुली, यसअघि उपमेयरमा पराजित सरस्वती गुरुङ लगायत १८ जना छन् ।

त्यस्तै उपमेयरका लागि १० जनाको आबेदन परेको छ । उपमेयरमा दाबी गर्नेहरुमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टिकाकुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली रहेका छन् ।

photo 2022 04 17 17 03 01

कमेन्टहरु