राजनीति

प्रचण्ड र माधव नेपालसँग विप्लव समूहका नेताहरुको भेटवार्ता

नवलपुर टुडे
२०७९ बैशाख ४ | मध्यान्ह ०२:०१ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग विप्लव समूहका नेताहरुले भेटवार्ता गरेका छन् ।

आइतबार भएको भेटवार्तामा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले बताए ।

उक्त भेटमा विप्लव समूहबाट नेता वास्तोला, हेमन्त प्रकाश वली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ सहभागी थिए ।

कमेन्टहरु