राजनीति

सरावलमा एमालेको खस्किदो राजनीतिक जमिनलाई अब जातीय उन्मादको सहारा

नवलपुर टुडे
२०७९ बैशाख ३ | मध्यान्ह ०२:०१ बजे

नवलपरासी । कुनै बेला नवलपरासीको राजनीतिमा हृदयेश त्रिपाठीको दाहिने हात भनेर चिनिने सुभान अलि अन्सारी एक इमान्दार, सरल स्वभाब र अनुभवि नेताका रुपमा चिनिन्छन ।

नेपाल मदरसा बोर्डका पुर्व केन्द्रिय अध्यक्ष र सुकुम्बासी अयोगको केन्द्रिय सदस्य जस्ता संबैधानिक पदमा बसेका अन्सारी नवलपरासीको ठुलो नेताहरु मध्ये गनिन्छन । अगामी बैशाख ३० मा हुने भनिएको स्थानीय निकायको चुनावमा उनी सरावल गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

समाजका हरेक बर्गमा बलियो पकड भएका अन्सारी मुस्लिम र दलित बर्गमा झनै बलियो पकड भएका नेताका रुपमा चिनिन्छन । आसन्न स्थानीय निकायको चुनावमा आपार जनसमर्थन पाइरहेका अन्सारी विरुद्ध एमालेका तर्फबाट सोहि गाउँपालिकाका अध्यक्ष पदका आकाक्षी सुखाडी थारु अब षडयन्त्र र भ्रम फैलाउने खेलमा लागेका छन् ।

कांग्रेसबाट एमालेमा आएका सुखाडी एक कमजोर उम्मेदवारका रुपमा देखिएका छन् । सुखाडीकै निर्देशनमा एमाले कार्यकर्ताहरु जातीय उन्माद फैलाएर राजनीतिक लाभ लिने खेलमा लागी परेका छन ।

घटना २०७८/१२/२९ गतेको हो । सरावल – ६ बस्ने निर्मल प्रसाद चमारले मिस्त्रीको रुपमा घर निर्माण गर्ने क्रममा सुनुयोजित योजना अनुसार अन्सारीको जग्गालाई मिचेर निर्माण कार्य गर्ने प्रयास गरेका थिए । आफ्नो जग्गा मिचेको देखेर अन्सारीले जग्गा नमिच्न अग्रह गरेका थिए तर निर्मलले अपच शब्द प्रयोग गर्दै अनेरास्ववियुका कार्यकर्ताहरु बोलाएर घरनै कब्जा गर्दिन्छु भन्ने धम्की दिन थाले ।

निर्मलका छोरा अनेरास्ववियु सरावालका सदस्य हुन् । निर्मल राजनीतिक रुपमा परिचालित छन् र चुनावको मुखमा जबर्जस्ति विवाद गर्न खोजेको कुरा बुझेर अन्सारी त्यहाँबाट केही प्रतिक्रिया नदिकन फर्किए । तत्पस्चात सुखाडी थारुको निर्देशनमा एउटा फर्जी निबेदनको भरमा बिना कुनै छानबिन, अन्सारीले दलितलाई अपचशब्द प्रयोग गरेको र मार्ने धम्की दिएको झुठो खबर सामाजिक संजाल र केही एमाले निकट अनलाईन खबरहरुमा प्रकाशन गरि भ्रम फैलाउने र राजनीतिक लाभ लिने काम गरियो ।

सरावल गाउँपालिकाकै दलित समुदायका अगुवाहरुले राजनीतिक फाइदाको लागी जातीय उन्माद फैलाएको भन्दै सुखाडी थरुको भत्सना गरेका छन ।

कमेन्टहरु