राजनीति

बौंदीकालीमा नेकपा एमालेबाट ओझा सर्वसम्मत् सिफारिस

नवलपुर टुडे
२०७८ चैत्र ३० | मध्यान्ह ०५:१२ बजे

नवलपुर । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि नवलपुर जिल्ला बौंदीकाली गाउँपालिका प्रमुखको उम्मेदवारमा प्रकाश ओझालाई सर्वसम्मत सिफारिस गरेको छ ।

नेकपा एमालेको पालिका अध्यक्ष समेत रहेका युवा नेता ओझा पछिल्लो समय युवाहरुको ढुकढुकी बन्दै गाउँमा नै बसेर राजनीति गर्दै आएका छन् । त्यस्तै उपप्रमुखमा भने डिलकुमारी सारू मगरको नाम सिफारिस भएको छ ।

नवलपुरको विकट पालिकाको रुपमा परिचित बौंदीकालीको विकासका लागि पुरानो पुस्ताबाट नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने माग उठीरहेको बेला ओझाको सिफारिसबाट बौंदीकालीबासीका स्थानीयमा उत्साह बढेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी र अन्य राजनीतिक दलबाट भने अहिलेसम्म बौंदीकालीमा उम्मेदवारको टुंगो लगाएको छैन । नेपाली कांग्रेसबाट पालिका अध्यक्षका लागि भेषराज श्रेष्ठ, केबी राना, डिल्लीराम राना, पुरुषोत्तम पाण्डे र वर्तमान उपाध्यक्ष मायादेवी श्रेष्ठको नाम चर्चामा रहे पनि निर्णय भने गरेको छैन ।

कमेन्टहरु