राजनीति

माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङको तस्बिर

नवलपुर टुडे
२०७८ चैत्र ३० | बिहान ०९:१२ बजे

काठमाडौं, चैत ३० । नेकपा (माओवादी केन्द्र)ले निर्वाचनलाई लक्षित गरी बनाएको प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर प्रयोग गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा कुलमानको तस्वीर पनि प्रयोग गरिएको छ । चुनावी प्रचार सामग्रीमा प्रचण्ड र अहिलेका अर्थमन्त्री जनार्दन शर्मासँगै कुलमानको तस्बिर राखिएको छ । जहाँ लेखिएको छ– ‘अध्याँरोबाट उज्यालोको यात्रा’

शिरानमा माओवादीको चुनाव चिह्न राखिएको उक्त समग्रीमा राति बिजुली बलेको देखाइएको छ ।

कमेन्टहरु