बुटवल उपमहानगरको मेयरका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

नवलपुर टुडे
२०७८ चैत्र २९ | मध्यान्ह ०६:१२ बजे

बुटवल, चैत २९ । बुटवल उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदका लागि नेकपा (एमाले)ले ८ जनाको नाम सिफारिस गरेको छ । एमाले उपमहानगर कमिटीको बैठकले ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो ।
नगर अध्यक्ष किसन ज्ञवालीले ३ जना केन्द्रीय सदस्यसहितको नाम जिल्लामा पठाएको जानकारी दिए । उनका अनुसार अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराई रहेका छन् । सुवेदी, आचार्य र अर्याल केन्द्रीय सदस्य हुन् ।
यस्तै उपमेयरका लागि पनि ५ जनाको नाम सिफारिस गरिएको छ । जसमा खेम लुईँटेल, मधुकला कुवंर, टंक पराजुली, कल्पना थापा र ज्ञानु केसी रहेको नगर अध्यक्ष ज्ञवाली बताए ।






















