गौरमा कांग्रेस र एमालेबाट निर्वाचित वडाअध्यक्षहरु लोसपामा प्रवेश


सिताराम साह
रौतहट । चुनावको समय नजदिक हुदै जादा जिल्लामा निर्वाचन केन्द्रित गतिविधिहरु बढन थालेको छ l दलहरु नाफा घाटाको हिसाब सहित व्यक्तिहरुलाई पार्टि भित्र भित्र्याउन थालेको हो l
सोमवार गौरमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस र नेकपा एमालेबाट निर्वाचित वार्डअध्यक्षहरु लोसपामा प्रवेश गरेको छ l यो संगै गौर नगरपालिकामा लोसपा नेपाल थप बलियो बनेको हो l गौर नगरपालिकामा हाल लोसपाबाट निर्वाचित मेयर अजय गुप्ता निर्वाचित भएका थिए l उनि पुनः निर्वाचनमा उम्मेदवार बन्दै छन् l
सोमवार गौरको रामजानकी धर्मशालामा आयोजित कार्यक्रमका बीच गौर नगरपालिका वार्ड नम्बर ४ बाट नेकपा एमालेबाट निर्वाचित वार्ड अध्यक्ष भुनेश्वर शाही र नेपाली कांग्रेसबाट निर्वाचित वार्ड नम्बर १ का वार्ड अध्यक्ष भारत प्रसाद साह लोसपामा प्रवेश गरेका हुन् l
उनीहरुलाई लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले टिका लगाई पार्टी प्रवेश गराएका हुन् l उनि संगै सैयौंको संख्यामा बिभिन्न पार्टी परित्याग गरि लोसपा नेपालमा प्रवेश गरेका छन l पार्टी प्रवेश कार्यक्रममा लोसपाका नेताहरु अनिल झा, बाबुलाल साह, केशव झा, अजय गुप्ता, लिला साह लगायतका सहभागी रहेका थिए l






















