अर्थ, राजनीति

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्या सुल्झाउनुपर्छ : सभामुख

नवलपुर टुडे
२०७८ चैत्र २७ | मध्यान्ह ०३:१२ बजे

काठमाडाैं, चैत २७ । सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र नीजि क्षेत्रले बृहत छलफल र सम्वाद गरेर समाधान गर्नुपर्ने बताएका हुन्।

राष्ट्रिय जीवनका हरेक क्षेत्रमा देखिएका हरेक समस्याहरुलाई पनि संवादमार्फत समाधान गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै उनले आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनुपर्ने र आयात घटाउनुपर्ने धारणा राखे।
कार्यक्रममा बिभिन्न व्यवसायीहरुलाई सम्मान गरिएको थियो।

कमेन्टहरु