मुख्य समाचार

प्रतापपुर गाउँमा पसेका चितुवा मृत अबस्थामा फेला

नवलपुर टुडे
२०७८ चैत्र २७ | बिहान १०:१२ बजे

खुरसेद हजाम
नवलपरासी, चैत २७ । पश्चिमी नवलपरासी प्रतापपुर गाउँपालिका – ६ पिपरपति गाउँमा आज बिहान करीब ९ बजे गाउँ पसेको चितुवा स्थानियले मारेका छन ।

गाउँ पसेको चितुवालाई स्थानियले ज्यान जोगाउनको लागि मारेको हो । चितुवा गाउँको एक रूखामा बसेको थियो । स्थानियले चितुवा नियत्रंण टीमलाई जानकारी गरेपछि चितुवा नियत्रंण टीम चितुवा भएको स्थानमा पुग्दा चितुवा मुत्यु आस्थामा भेटिएको थियो ।

चितुवालाई पोस्टमार्टम लागि इलाका प्रहरी कार्यालय बेलाटारी पठाएपनि स्थानियहरुको भीड भएकोले त्यहाँबाट प्रहरी कार्यालय सेमरीमा ल्याईएको इलाका प्रहरी प्रमुख सहायक निरक्षक हरि बहादुर रानाले बताउनु भयो ।

चितुवा स्थानीयको प्रहारबाट घाइते भई मुत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

कमेन्टहरु