राजनीति

सत्ता गठबन्धन निर्वाचन तयारी समिति बैठक बस्दै

नवलपुर टुडे
२०७८ चैत्र २७ | बिहान ०९:१२ बजे

काठमाडौं । पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्ने भएको छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने समिति सदस्य तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले बताए।

बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने उनको भनाइ छ। बैठकमा निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने छ।

यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । २२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो।

कमेन्टहरु