कृष्णनगर – २ मा वडाअध्यक्षमा वृजेश गुप्ताले उमेदवारी दिने

नवलपुर टुडे
२०७८ चैत्र २६ | मध्यान्ह ०७:१२ बजे

कपिलवस्तु, चैत्र २६ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका वृजेश कुमार गुप्ताले स्थानीय चुनावमा वडा नं २ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l गुप्ता वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्।
गुप्ताले चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकासमा जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा बासीको मन जित्ने बताउनुभयो l
आफूलाई वडाका जनताबाट पटक/पटक दबाव आइरहेकोले जनताको इच्छा अनुसार नै स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने गुप्ताले बताएका छन् lv






















