राप्रपा : वडाअध्यक्ष पदका उमेदवार लक्ष्मीकान्त


रामजी प्रजापति
नवलपरासी , चैत २६ । पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर – ६ मा राप्रपाबाट वडा अध्यक्ष पदमा युवा नेता लक्ष्मीकान्त चाैधरीले उमेदवारी दिएका छन । जनताको सुख दुखमा साथ सहयोग गर्दै आईरहेकाे र जनताकै साथ सहयोगले वडा नम्बर – ६ मा राप्रपाबाट वडाअध्यक्ष पदमा उमेदवारी दिएको छन ।
२०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा उनले नवलपरासीकाे सरावल गाउँपालिका वडा न ६ काे वडा अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताएका छन । उहाँले राप्रपा तर्फबाट पार्टीका कमिटीहरुमा आफ्नो दाबी प्रस्तुत गरेको बताउदै आफू संगै अरु साथीहरुको समेत उम्मेदवारी पार्टीले स्वीकृत गरेको बताए । वडाकाे सिफारिस अनुसार पार्टीकाे जिल्ला कमिटीले उम्मेदवारहरुको टुंगो लगाउने व्यवस्था रहेको भन्दै आफू भ्रष्टचारविरुद्ध र विभिन्न सामाजिक विभेदविरुद्धको आन्दोलनमा लागेको बताउनुभयो ।
जनताको आधारभूत आवश्यकता कृषि, शिक्षामा परिवर्तनका लागि पनि गाँउपालिका हुँदै वडाबाटै काम गर्न सकिने भएकाले यस्तो निर्णयमा पुगेको उनले बताए ।
आजको समस्या भ्रष्टचार हो, गफ गर्ने तर काम नगर्ने क्षेत्र कृषि बनेको छ । र कृषिमै केही गर्न सक्यो भने पनि त्यो ठूलो कुरा हुन्छ भन्ने उनले बताएका छन । साथै आफुले विकासको काम गरेर आफैँलाई प्रमाणित गर्ने ठाउँ स्थानीय तह हो भन्दै आफू सरावल गाउँपालिका वडा नम्बर -६ काे वडा अध्यक्ष पदमा उमेदवारी दावि गरेको स्वभाविक रहेको बताउनुभएको छ ।
जनताको सुख दुख बुझेर विकासको कार्य गर्नु बताए । साथै उहाले जनताको सल्लाह सुझाव र मतबाट चुनावमा वडा अध्यक्ष पदको उमेदवारी गरेको बताउनुभएको छ ।






















