खेलकुद

पुलिसले जित्यो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

नवलपुर टुडे
२०७८ चैत्र २६ | मध्यान्ह ०१:१२ बजे

पाल्पा । नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पाल्पाको तानसेनस्थित रानीमहलमा शनिबार लुम्बिनी प्रदेशलाई २-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेकाे हाे । विजेता पुलिसले १ लाख नगद, ट्रफी र मेडल प्राप्त गर्दा उपविजेता लुम्बिनीले ५० हजार, ट्रफी र मेडलमा चित्त बुझायाे । समूह चरणमा पुलिसले लुम्बिनीलाई २१–९, २१–११ को सोझो सेटमा पराजति गरेकाे थियाे ।

सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा २ विभागीय टोली पुलिस, एपीएफ र सात प्रदेशको टोलीको सहभागिता थियो ।

कमेन्टहरु