स्थानिय तहको भ्रष्टाचार मेटाउन नेपाली कांग्रेस आवश्यक : केन्द्रिय सदस्य चौरसिया


वीरगंज २५ चैत्र । पर्साको पकहामैनपुर गाउपालिकामा नेपाली कांग्रेसको बृहत पार्टी कार्यक्रम सम्पन भएको छ । नेपाली कांग्रेस पकहामैनपुर गाउपालिका कमिटीले आयोजना गरेको बृहत पार्टी कार्यक्रममा नेकपा माओबादी केन्द्रका गाउपालिका अध्यक्ष्ँ सुरेश मेहता, पार्टी सचिव संजय चौहान, त्यसैगरि जनता सामाजबादी पार्टीका जिल्ला सदस्य तथा पार्टीका गाउपालिका कमिटी अध्यक्ष बिनोद मेहता, साविक गाविस सुर्याहाका पुर्व गाविस अध्यक्ष अध्यक्ष्ँ शिवनाथ चौहान, पत्रकार बिन्दुभुषण साह, पुर्व शिक्षक बिधिचन्द्र सहनी लगायतका करिब ३ सय बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेको पार्टीका प्रदेश सचिव राकेश कुशवाहाले जानकारी दिनुभयो ।
नवप्रबेशी नेताहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पुर्वमन्त्री सुरेन्द्र चौधरी, मधेश प्रदेशका खानेपानी मन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले फुलमाला तथा अबिर लगाई पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले मधेशी जनताको हक अधिकार, आरक्षणको व्यवस्था नेपाली कांग्रेसको सरकारको पालामा सुनिश्चित भएको बताउदै स्थानिय तहमा भईरहेको व्यापक भ्रष्टाचार हटाई जनताको हकहित तथा बिकासको लागि नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो । केन्द्रिय सदस्य चौरसियाले मधेशी जनताको नाममा भोट लिएर जितेका जनप्रतिनिधीहरु मधेशी जनतालाई धोखा दिई आफु सताको स्वार्थमा रमाईरहेको आरोप लगाउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री सुरेन्द्र चौधरीले मधेश आन्दोलनको नाममा मधेश केन्द्रित दलका नेताहरु चुनाव जितेर मधेशीको नाममा सताको स्वार्थ मात्र सिद्ध गरेको आरोप लगाउनुभयो । पुर्वमन्त्री चौधरीले भन्नुभयो–“ मधेशी दलका नेताहरु सतामा रहेको बेला मधेशी जनताको आवाज समेत उठाउदैनन, सताबाट हटेपछि मात्र चुनावको बेला मधेशको अधिकारको भुठो आवाज उठाई मधेशी जनतालाई बारम्बार झुक्याईरहन्छन, मधेशी जनता उनीहरुको नौटंकी अब बुझिसकेका छन । पुर्वमन्त्री चौधरीले मधेशको बिकास मधेशी दल वा नेकपा एमालेसंग नभई कांग्रेससंग मात्र सम्भव हुने दाबी गनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले स्थानिय तहको निर्वाचनमा कर्मठ र योग्य उम्मेदवारलाई पार्टीले टिकट दिने बताउदै पार्टी हितविपरित काम गर्ने नेता कार्यकर्तालाई पार्टीले कारवाही गर्ने बताउनुभयो । जिल्ला सभापति क्षेत्रीले स्थानिय तहमा नेपाली कांग्रेस विजयी भए पकहा चौकमा पार्टी प्यालेश बन्ने तथा छोरीहरुलाई निःशुल्क उच्च शिक्षा तथा पकहामैनपुर विद्यालयमा प्राबिधिक शिक्षा लागु हुने उदघोष गर्नुभयो । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा मधेश प्रदेशका खानेपानी मन्त्री ओमप्रकाश शर्मा, शैलेन्द्र यादव, पार्टीका मधेश प्रदेश सदस्य तथा पटेर्वा सुगौली गाउपालिकाकी उपाध्यक्ष ममता महतो, चन्द्र किशोर चौधरी लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता लक्षुमन प्रसाद कुर्मीले स्वागत गरेका थिए ।






















