कानूनमन्त्रीमा अधिवक्ता गोविन्द बन्दी नियुक्त, बडूलाई उद्योगमा सारिने

नवलपुर टुडे
२०७८ चैत्र २४ | मध्यान्ह ०१:१२ बजे

काठमाडौं, चैत २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा अधिवक्ता गोविन्द बन्दीलाई नियुक्त गर्ने भएका छन् । संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका बन्दी गैरसांसद हुन् ।
नेकपा एकीकृत समाजवादीनिकट अधिवक्ता बन्दीले देउवा नेतृत्वमा सरकार गठनका लागि गठबन्धनको न्यायिक लडाइँमा साथ दिएका थिए । बन्दी कानूनमन्त्रीमा नियुक्त भएपछि कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
नवनियुक्त मन्त्री बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसेको छ । उनले आजै दिउँसो २ बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गर्ने भएका छन् ।






















