नेपाली इसाइ अगुवाहरुमा पलाएकाे राजनैतिक भाेक र चलखेल


पुरानो समयमा सदुसी र फरिसीहरुको पद, ओहोदा, रुपैया, पैसाको मोहको कारण वा येशुको भाषामा भन्ने हो भने दियाबलशको आत्माले चलाइएको दुसित आत्माद्वारा नियन्त्रीत भएको कारण परमेश्वर आफै आएर मुक्तिका कुरा, स्वर्गका कुरा र पापबाट फर्कनुस् भन्ने आब्वान नै येशुलाई क्रुशमा टाङ्ने कार्य सम्म गर्न आइपुगे।
राजाहरुले, अगुवाहरुले गद्दार गर्दा, पाप गर्दा, अन्याय गर्दा परमेस्वरको तर्फबाट सन्देश ल्याउने अगमवक्ताहरुलाई कहिले जेल, कहिले थप्पड, कहिले इनारमा हालेका मारेका कैयौं उदाहरण छन्।
यो प्रकारको आत्माले सबै पुस्तामा काम गरेको देखिन्छ।
त्यो १५ औ सताब्दीमा मार्टिन लुथरको समयमा पनि त्यही आत्मा सक्रिय थियो।
प्रसङ्ग वर्तमान नेपाली इसाई जगतको कुरा गरौ।
चारैतिरबाट इसाई समुदाय चेपुवामा परेको छ, लान्छना लागाएकोछ, हेपिएको छ झुटामुद्दामा फसाइएको छ, डलर खेतीको आरोप लागेको छ, धर्म बेचुवा, आमा बेचुवाको आरोप लगाइएको छ। सर्बसाधारण बिस्वाशीलाई गाउँ घरमा जिउनै मुस्किल बड्दैछ भने इसाई अगुवाहरु जति परमेश्वर र बिस्वाशी प्रती जिम्मेवार हुनुपर्ने हो तर त्यो भएको छैन। बरु अप्ठ्यारोमा नै फाइदा उठाउन आत्मरती भएको देखिन्छ। बिस्वाशिको दुख दर्दलाई कम गर्न तिर ठोस पहल गर्न र उहाँहरुको मागलाई निस्कर्शमा पुर्याउने कुरामा उदासिनता रहेको आभाश हुन्छ।
कतै त्यो नै जिविकोपार्जन्को प्रमुख स्रोत भएर पो होकि वा जनताको दुख प्रती समबेदनाको कमि भएर हो?
नेपाली इसाई जगतले बुझिराखेको छैन।
हामी माथिल्लो तहमा वरिष्ठ भै बसेका हरुले नै मंडलीलाई डिनोमिनेसनको नाममा, NGO, INGO को नाममा, पार्टीको नाममा इसाई जगतलाई बिभाजित पारेर आफ्नो पोल्टो भर्ने ब्यक्तिगत स्वार्थ र फाइदाको लागि बिभाजित गर्ने कार्य जो सुकैले गरेता पनी खेदजनक छ। किनकि इसाई समुदाएलाई ब्यक्तिगत फाइदाकालागी डिलर बनाउने कार्य गलत छ।
दुई चार जना भाइहरुले तिनै समस्याको समाधानको लागि पहल गरिरहदा सहयोग गर्नुको सट्टा टाङ अड्याउने माहोल बनाउन कोसिस गरेर अभिभाबकिय भुमिका निभाउनको सट्टा आफै राजनितीमा सक्रीय हुने भोक हो भने इसाई जगतमा त्यो भन्दा स्वार्थ र पदोलुप्ताको पराकाष्ठा अरु केही हुदैन।
येदि यस कार्यले मुर्तरुप लियो भने निस्कर्श के निस्कन्छ भने हाम्रा अग्रजहरु इसाई जगतको समस्या जाहा पुगोस् मतलब छैन तर पैसा आउने मिसन, प्रोग्राम, कार्यक्रम, आयोजना आफैमा मात्र निहित हुनुपर्छ, येशु कमाउने भाडो हो, यो कमाइ सबै मेरो पोल्टोमा आउनु पर्छ भन्ने भित्री मनसुब बाहिर प्रकटिकरणमा आइपुगेको निस्कर्समा बिस्वाशी सर्बसाधरण पुग्नु पर्ने हुन्छ।
त्यो निस्कर्स भनेको इसाई जगतमा भित्री रुपमा सुषुप्त अबस्थामा रहेको बिमेल र अनेकता सडकमा आइपुग्ने र अन्य धर्म सम्प्रदायको अघि तमासा देखाउने बाहेक केही देखिन्न र अन्त्यमा पावलले कोरिन्थिको पुस्तकमा भने जस्तै एक अर्कोलाई टोकाटोक गरेर नाश हुनेछौ भन्ने भनाइ नेपालमा पूरा हुने निस्चित प्राय छ।
त्यसैले इसाइहरुको समस्याकोलागि माखो नमार्ने उल्टो समस्यालाई ब्यक्तिगत फाइदाको लागि उपयोग गर्न पछि नपर्ने बरु उल्टो कसैको ब्यक्तिगत स्वार्थ पुर्तिको लागी इसाई जगतलाई बलिको बाख्रा बनाउने र ख्रीस्टियानिटिको ब्यज्जत गर्ने छुट कसैलाई हुने छैन।
पछिल्लो समय इसाई जगतमा भैरहेको राजनैतिक चलखेलले यी कुरालाई नजरअन्दाज गरियो भने कहिले नमेटिने घाउको रुपमा इसाई जगत बिभाजित हुने र भाइ-भाइ बिच सत्रुतापूर्ण व्यबहारको बिजारोपण हुनेछ। त्यसैले अलिकता पनि इस्वरको मन छ भने यी कुराहरूलाई गम्भीरता पुर्वक लिन यसैलेख मार्फत सम्बन्धित अगुवाहरुको ध्यानाकर्षण गराउदछु र सबै सर्बसाधरण बिस्वसशी हरुलाई पनि सचेत रहन र होसियार हुन र प्रार्थना गर्नुहुन पनि आह्वान गर्द्छु।























