च्याम्पियन्स लिगमा भिल्लारियलले बायर्नलाई हरायो

नवलपुर टुडे
२०७८ चैत्र २४ | बिहान ०६:१२ बजे

काठमाडौं, चैत २४ । च्याम्पियन्स लिगमा अर्को स्पेनिस क्लब भिल्लारियल विजयी भएको छ । घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेगमा भिल्लारियलले जर्मन क्लब बायर्न म्युनिखमाथि १-० को जित निकालेको हो।
खेलको आठौं मिनेटमा अर्नाउत डेन्मुमाले गोल गर्दैै बलियो बार्यनविरुद्ध भिल्लारियनलाई अग्रता दिलाए। उनले ड्यानिअल परेजोको पासमा गोल गरेका थिए । भिल्लारियलले च्याम्पियन्स लिगको नकआउट चरणमा सन् २००६ पछि पहिलो पटक जितेको हो। यता, जारी प्रतियोगितामा बायर्नको पहिलो हार हो।
खेलमा ६२ प्रतिशत बल पोजेसन बनाउँदै बायर्नले २२ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो। भिल्लारियलले १२ सट प्रहार गरेकोमा १ सटमात्र फ्रेममा थियो।























