राजनीति

लुम्बिनी प्रदेशमा ५ दलिय गठबन्धनले निर्वाचन लक्षित जारी गरे संयुक्त प्रेस विज्ञप्ति

नवलपुर टुडे
२०७८ चैत्र २३ | मध्यान्ह १०:१२ बजे

कपिलवस्तु, चैत्र २३ । लुम्बिनी प्रदेशमा चुनावी गठबन्धनमा आबद्ध दलहरूको नेताहरूको उपस्थितमा स्थानीय चुनावमा गठबन्धनलाई व्यवहारिक रूपमा कार्यन्वयन गर्न प्रेस विज्ञप्ति जारी गरेको छ l

उक्त प्रेस विज्ञप्तिमा सबै स्थानीय तहमा गठबन्धन संयन्त्र निर्माण गरि नियमित बैठक बसि मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने, स्थानीय पालिका र जिल्लाहरूले गरेका सहमतिलाई सकारात्मक रूपमा ग्रहण गर्ने, कुनै पालिकामा समस्या रहेमा प्रदेश तहबाट कार्यदल निर्माण गरि स्थलगत अनुगमनका आधारमा समस्याको समाधान गर्ने, प्रदेश र जिल्लामा आवस्यकता अनुसार गठबन्धन दलको नियमित बैठक बस्ने, गठबन्धनको आवस्यकता र महत्वबारे जनस्तरमा बोध हुने गरि प्रदेश स्तरीय संयुक्त सभाको आयोजना गर्ने, हाल सम्म जिल्लाले गरेको गठबन्धनको सकारात्मक पहललाई स्वागत सहित अझ प्रभावकारी ढंगले निष्कर्षमा पुर्याउन आग्रह गर्दै ६ बुदे प्रेस विज्ञप्ति जारी गरिएको छ ।

उक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव तथा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलम सहितको हस्ताक्षर प्रेस विज्ञप्ति जारी गरिएको छ l जसको सम्पूर्ण जानकारी जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले दिनुभयो l

photo 2022 04 06 22 32 28

कमेन्टहरु