गठबन्धनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेलाई चुनावी मैदानमा उत्रिन चुनौती


बुटवल । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन सम्बद्ध दलहरुबीच सहकार्य भैरहेको छ । रुपन्देहीका विभिन्न पालिकाहरुमा पनि गठबन्धनको संयुक्त बैठक आयोजना गरी नगरको जिम्मेवार दिने तयारीमा जुटिरहेका छन् ।
त्यस्तै तिलोत्तमामा पनि पाचँ दलिय गठबन्धनको बैठक सम्पन्न भएको छ । नगरपालिका एमालेको आधार क्षेत्र र बिगतको निर्वाचनमा पनि एमालेले जितेको नगरपालिका हो तर पछिल्लो समय ५ दलिय गठबन्धनले गर्दा एमालेलाई चुनावी मैदानमा उत्रिन निकै चुनाैतिको बिषय बनेको छ ।
सबै वडाहरु बाट आएका उम्मेदवारहरुलाई पार्टीको प्रस्ताबको रुपमा रहेको र गठबन्धनले सयुक्त रूपमा फाइनल गर्ने गरि आउने नगरमा सरकारी बजेटलाई दुरुपयोग गरेर चुनावी गतिविधि गरेकोमा त्यसको प्रतिकार र प्रतिरोध गरेर जनता सामु जाने निर्णय समेत पाँच दलिय गठबन्धनले गरेको छ । चुनावलाई लक्षित गर्दै तिलोत्तमामा क्रियाशिल पाँच दलिय गठबन्धनले संयुक्त रुपमा बैठकको आयोजना गरि नगरको उम्मेदवार घोषणा गर्ने तयारी समेत गरेको छ ।
आउँदो स्थानीय चुनाबमा केन्द्र र जिल्लाको निर्णयलाई आत्मसात गर्दै, पाँच दलिय गठबन्धनले सबै समेटिने गरि संयुक्त घोषण पत्र बनाएर जाने निर्णय गरेको छ । तिलोत्तमा नगरपालिकामा पनि पाँच दलिय गठबन्धन सहित शसक्त रूपमा प्रतिगमनकारी तत्व र सर्ब सत्ताबादीका विरुद्ध एकजुट भएर जाने सर्बसमत निर्णय गरेको नेकपा माओवादी केन्द्र तिलोत्तमा नगरका प्रवक्ता अनिल चापागाईं (संस्कार) नवलपुर टुडेलाई जानकारी दिए ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति हरिलाल पाण्डे, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष बेल प्रसाद शर्मा, नेकपा समाजवादी अध्यक्ष राजेन्द्र सुवेदी, राष्ट्रिय जनमोर्चा प्रतिनिधि शिव राम घिमिरे, नेपाली काङ्ग्रेस उपसभापति कल्याण पौडेल, नेकपा समाजवादी इन्चार्ज कृष्ण भुसाल र राष्ट्रिय जनमोर्चा प्रतिनिधि टान ब.केसी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।






















