घर घर जाऊ कांग्रेस जिताउ अभियानमा, सामाजसेवी महेश चौधरी


बिनोद मण्डल
सिरहा । सिरहाको लहानमा कांग्रेस निकट महेश चौधरी स्थानिय निकायको चुनाव पूर्व सन्ध्यामा जनताको घर दैलोमा व्यस्त रहनु भएको छ ।
जनताको समस्यासँग सधै नजिक भएर सामाजिक काममा विगत लामो समय देखि निरन्तर लाग्नु भएको चौधरी विश्व महामारी कोरोना कहरको समय आफ्नो ज्यानको प्रवाह नगरी जनताको घर आगनमा राहात वितरण कार्यमा निरन्तर खटिरहने चौधरी यतिबेला जनतालाई जागरुक बनाउन लहानमा घर दैलो कार्यक्रममा खटिरहनु भएको हो ।
लहानका मेयर मुनि शाहले हालसम्म विकास निर्माणको कामहरू गर्न नसकेको लहानको विकास नभएको स्थानिय जनताको घरमा डोजर लगाएर घर टहरा भत्काई दुःख दिएको विषयहरू जनताको दिमागमा ताजा रहेको वर्तमान परिवेशमा कांग्रेस यतिबेला लहानको चुनावी मैदानमा एमाले निकट मेयरले गरेको क्रियाकलापको भण्डाफोर अभियान सँगै चुनावी मैदानमा आफ्नो पाइला अगाडि बढाउनु भएको हो ।
लहानमा सर्वाधिक चर्चामा रहेका चौधरी को सामाजिक कार्यप्रति स्थानिय जनता खुशी र विश्वस्त भएर साथ दिईरहेको अवस्थामा अगामी स्थानीय निर्वाचनमा स्थानिय जनताले चौधरीलाई मेयरको रुपमा देख्न आशाबादी छ ।






















