Opens in a new tab

देश

निर्वाचनको बहिष्कार र विरोध गर्ने समूहमाथि निगरानी बढाउन गृहको निर्देशन

नवलपुर टुडे
२०७८ चैत्र २२ | बिहान ०७:१२ बजे

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनको वहिष्कार र विरोध गर्नेहरुमाथि निगरानी बढाउन सबै जिल्ला प्रशासन कार्यालय (सीडीयो)हरुलाई निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा गृह मन्त्रालयले निर्वाचनको बहिष्कार र निर्वाचन प्रक्रियामा अवरोध सृजना गर्ने व्यक्ति, समूह वा राजनीतिक दलहरुका गतिविधिमाथि निगरानी बढाउन जिल्ला प्रशासन कार्यालयलाई लिखित निर्देशन दिएको हो।

गृहले निर्वाचनको विरोधी समूह पहिचान गरी सोही बमोजिम सुरक्षा रणनीति बनाउन समेत मुलुभरका सीडीयो कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले चैत्र दोस्रो साता स्थानीय तहको निर्वाचन सुरक्षाबारे लिखित निर्देशन दिएको स्रोतले बताएको छ। गृह मन्त्रालयले भयरहित तरिकाले निर्वाचन सम्पन्न हुने गरी सुरक्षाको वातावरण बनाउन तीवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादीले निर्वाचन वहिष्कार गर्ने घोषणा गरिसकेको छ। यसैगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका केहि साना दल निर्वाचनबारे स्पष्ट छैन्। सरकारले आगागी बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।

कमेन्टहरु