नेकपा एमाले सरावल गाउँ कमिटीद्वारा सरावल – ६ वडा भेला सम्पन्न


परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ मा नेकपा एमाले पार्टी सरावल -६ गाउँ कमिटीद्धारा वडा भेला कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमाले पार्टी सरावल-६ गाउँ कमिटीका अध्यक्ष कमरेड ईसरायल हजामकाे अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् सरावल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष कमरेड कैलाश यादवकाे प्रमुख अतिथतामा वडा भेला कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा बाैल्दै प्रमुख अतिथि यादवले कुनै प्रकारको जातीय भेदभाव नेकपा एमाले पार्टी भित्र नरहेको भन्दै हामी सबै एक समान छाै,भन्ने उदेश्यका साथ नेकपा एमालेलाई चुनावमा विजय गराई सबैकाे सल्लाह र साथ सहयोगले विकासकाे कार्यमा अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताए । साथै अन्य पार्टीका नेता र सिङ्गो पार्टीकाे रणनीति नै भ्रष्टाचार गर्ने उदेश्य लिएर दारु मासु र पैसाकाे भरबाट चुनाव जित्ने ऐजेण्डाका साथ विभिन्न कार्यक्रम गरिरहेको बताउदै त्यस्ता भ्रष्टाचारी र जितेपछि जनतामाथि दमन गर्ने दलालहरुकाे पार्टीलाई हराउने अभियानमा हामी सबै जुट्न जरुरी रहेको बताउनुभयो । उहाँले आउदो स्थानीय निर्वाचनमा सिङ्गो पालिका नै नेकपा एमालेकाे झन्डा फहराउने गरि सबै लागि पर्ने बताउनुभएको थियो ।
साे अवसरमा बाेल्दै विशिष्ट अतिथि सुखाडी प्रसाद चाैधरीले सरावल गाउँपालिकाका तत्कालीन जनप्रतिनिधिज्युहरुले बनाएकाे ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाकाे नीति र नियम अनुसार कार्य गर्न नसकेको बताए । साथै उहाँले नेकपा एमालेले शिक्षा, स्वस्थ्य र राेजगारकाे क्षेत्रमा विकासकाे लागि विभिन्न रणनीतिक आेजनाहरु बनाएर अगाडि बढिरहेकाे बताउदै नेकपा एमालेलाई भारि मतले विजय गराउन सबै जनतामा अग्रह समेत गर्नुभयो ।
साे अवसरमा बाेल्दै विशेष अतिथि सरावल गाउँपालिका वडा नम्बर -६ का वडा सदस्य नेमनारायण यादवले नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश समेत गरेर जनताको दुख, सुख बुझेर साथ सहयोग गरि अगाडि बढ्ने बताउनुभएको थियो । साथै नेकपा एमालेलाई तनमन धनले विजय गराउने प्रण्य गर्नुभयो ।
कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर -६ का वडा सदस्य विन्दा देवि धाेवि, अनन्ता देवि चाैधरी, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सरावल गाउँपालिका पार्टी इन्चार्ज बासमती चाैधरी, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कार्यालय सदस्य श्रीराम गाैड, समाजसेवी मंगेस यादव, रामानन्द यादव, नाैमि चाैधरी, भानु चाैधरी, जाेखन चाैधरी, गाया यादव, पत्रकार अशाेक कुमार गाैतम लगायत अतिथिहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन अनेरास्ववियु सरावल गाउँ कमिटी अध्यक्ष कमरेड महेश यादवले गर्नुभएको थियो ।






















