माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

नवलपुर टुडे
२०७८ चैत्र २० | बिहान ११:१२ बजे

काठमाडौं, चैत २० । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आइतबार सुनुवाइ हुन लागेको हो ।
अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।






















