राजनीति

देश बाहिरबाट परिचालितले पहिचान मेटाउन खोजे : ध्रुवबहादुर प्रधान

नवलपुर टुडे
२०७८ चैत्र २० | बिहान ०७:१२ बजे

रबिन्द्र यादव
नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतापपुर गाउँपालिकाको वडा नं २ को वडा भेला सम्पन्न भएको छ । यसैक्रममा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं २ को आदर्श माविमा शनिबार वडा भेला सम्पन्न भएको हो ।

भेलामा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पुर्व आइजिपी ध्रुव बहादुर प्रधान, विशेष अतिथि केन्द्रीय सह महामन्त्री ताहिर अलि, लुम्बिनी प्रदेश उपाध्यक्ष खेमराज खरेल, जिल्ला अध्यक्ष ओम बहादुर सिंह, जिल्ला प्रवक्ता सन्तोष कुमार पाण्डे, बर्दघाट नगर अध्यक्ष गोविन्द शाही, प्रतापपुर अध्यक्ष दिवाकर चौधरी, अंजलि हरिजन, ओमप्रकाश चौधरी लगायतले आ आफ्नो बिचार बोलेका थिए।

केन्द्रीय उपाध्यक्ष प्रधानले देश भित्रका शक्तिले नभई देश बाहिरबाट परिचालित व्यक्तिहरुले पहिचान मेटाउन खोजेको आरोप लगाउनु भएको हो । उनले एमसिसीलाई लक्षित गरि नेपाली जनताको भरोसालाई सरकारले खतम पारेकोमा दुख व्यक्त गरे ।

उनीहरुले पार्टीको मुख्य एजेण्डा संवैधानिक राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र कायम, पूर्ण अधिकार सहितको स्थानीय निकाय कायम गर्दै संघीयता खारेजी हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतापपुर वडा नं २ का अध्यक्षको अध्यक्षतामा भएको भेलामा जिल्ला देखि प्रतापपुर गाउँपालिका विभिन्न तहका नेता तथा सक्रिय कार्यकर्ताहरु सहभागी थिए । उक्त भेलामा विभिन्न पार्टी परित्याग गरि पचास भन्दा बढि कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए ।

कमेन्टहरु