खेलकुद

कतार विश्वकपमा कुन देशले कुन देशसँग खेल्दैछन् ? हेर्नुस ।

नवलपुर टुडे
२०७८ चैत्र १९ | बिहान ०७:१२ बजे

काठमाडौं । जुलाई महिनानाकतारमा धेरै गर्मी हुने भएकाले यो वर्ष आयोजना गरिएको विश्वकप नोभेम्बर र डिसेम्बरमा हुँदैछ।

विश्वकपका लागि कतारमा शुक्रबार राति ३२ देशको ड्र सम्पन्न भएको छ। २९ देश छनोट भइसकेको विश्वकपमा तीन टिम छनोट हुन बाँकी नै रहे पनि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सबै प्रतिस्पर्धालाई विभिन्न पोटमा राखेर ड्र सार्वजनिक गरेको हो।

२१ नोभेम्बरबाट सुरु हुने खेल कतारमा १६ डिसेम्बरसम्म चल्ने फिफाले तालिका बनाएको छ। विश्वकपको पहिलो दिन चार खेल हुनेछन्।

फिफाका अनुसार नोभेम्बर २१ तारिखमा आयोजकले कतारले इक्वेडसको सामना गर्नेछ। त्यस्तै, अन्य खेलमा इंग्ल्इान्डले इरान, सेनेगलले नेदरल्यान्ड्स र अमेरिकाले युरोपियन प्लेअफबाछ छनोट हुने टिमसँग खेल्नेछ।

प्रतियोगिताको दौरान डिसेम्बर ७ र ८ तारिख रेस्ट राखिएको छ भने ११ र १२ डिसेम्बरमा पनि अर्को रेस्ट राखिएको छ। फाइनल खेलअघिको १५ र १६ डिसेम्बरमा पनि रेस्ट डे राखिएको छ।

प्रतियोगिताको समूह चरणमा ३२ टिमलाई समान ४,४ देश गरी आठ समूहमा विभाजन गरिएको छ। सिंगल राउन्ड रोबिनमा खेल भएपछि शीर्ष दुईमा पर्ने टिम प्रि क्वार्टरफाइनलमा पुग्नेछन्। समूह चरण पछिका सबै प्रतिस्पर्धा नकआउट हुनेछन्।

यस्तो छ विश्वकपको समूह

photo 2022 04 02 07 45 28

कमेन्टहरु