राजनीति

प्रधानमन्त्री देउवाको भारत भ्रमणप्रति एमालेको आपत्ति

नवलपुर टुडे
२०७८ चैत्र १८ | बिहान ०८:१२ बजे

काठमाडौं, चैत १८ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आपत्ति जनाएको छ । प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका छन् ।

मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।’

देउवाको भारत भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् । ‘स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ’ उनले प्रश्न गरेका छन् ।

कमेन्टहरु