राजनीति

जनसभालाई सफल बनाउन दिक्तेल बजारमा साँस्कृतिक र्‍याली

नवलपुर टुडे
२०७८ चैत्र १७ | बिहान ०७:१२ बजे

खोटाङ । खोटाङको दिक्तेलमा हुने वृहत जनसभामाको प्रचारमा राष्ट्रिय साँस्कृतिक महासंघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनखोटाङले संयुक्त साँस्कृतिक र्‍याली निकालेका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिद्धारा सम्बोधन हुने वृहत जनसभालाई सफल बनाउन दुई भातृ सङ्गठले साँस्कृतिक र्‍याली निकालेका हुन् ।

बुधबार विहान दिक्तेल बजारस्थित नेकपा (एमाले) को पार्टी कार्यालयबाट शुरु गरिएको साँस्कृतिक र्‍याली भवनगैरा, त्रिवेणी चौक हुँदै हाटडाँडालाई परिक्रमा गरी रत्नपार्क जिरोप्वाइन्टमा साँस्कृतिक र्‍यालीको समापन गरिएको थियो । जन-जनमा एमाले, समृद्धीका लागि जिताउँछु एमाले भन्ने मुल नारासहित प्रचार-प्रसार गरिएको सम्बद्ध श्रेतले बताएकाे छ।

साँस्कृतिक र्‍याली कार्यक्रममा नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेत एवम् खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराई, नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य एवम एक नम्बर प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवम् खोटाङ सह-इन्चार्ज उषाकला राई, केन्द्रिय सदस्य रमेशकुमार पौडेल, जिल्ला कमिटी अध्यक्ष रामप्रसाद दंगाल, दिक्तेल नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्य लगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

वृहत जनसभालाई सफल बनाउन जिल्ला कमिटी, जनवर्गीय सङ्गठनहरु अहोरात्र प्रचार-प्रसारमा खटिई विभिन्न माध्यमबाट प्रचारका कामहरू गरिरहेका छन् । अध्यक्ष ओली १९ गते विहान ८ बजे हेलिकोप्टर मार्फत त्रिधार्मीकस्थल हलेसीमा आइपुग्ने र हलेसी दर्शन पछि दिक्तेल आउने तयारी रहेको नेकपा एमाले जिल्ला कमिटी खोटाङले जनाएको छ ।

कमेन्टहरु