राजनीति

नेकपा माओवादी र एसले एक सिटमात्र जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जान्छु : दुर्गा प्रसाई

नवलपुर टुडे
२०७८ चैत्र १६ | मध्यान्ह ०२:१२ बजे

काठमाडौं, चैत १६ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादी वा माओवादी केन्द्रले एक सिटमात्र ल्याए आफ्नो सम्पूर्ण सम्पत्ति त्यागेर वृन्दावन जाने घोषणा गरेका छन् ।

प्रसाईँंले आज भक्तपुरको सूर्यविनायकमा आफैंले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो तरकारी बजारको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । उद्घाटन कार्यक्रममा सुरु मन्तव्यबाट नै अन्य विरोधी पार्टीमाथि खनिएका प्रसाईँले मन्तव्यको अन्त्यतिर एस पार्टीको नाम तोकेर गठबन्धन बाहेक चुनावमा एक सिट मात्र ल्याए आफ्नो सबै सम्पत्ति परित्याग गरेर भारतको बिन्द्रावन गएर बस्ने बताएका हुन् ।

उनले भने ‘अरूको त भन्दिन, माओवादी र अर्को एस कि के भन्ने नक्कली कम्युनिस्ट पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एकमात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर बिन्द्रावन जानेछु ।’ उनले आफ्नो यही भनाइलाई प्रमाण मानेर दावी लिए पुग्ने समेत बताए ।

नेता प्रसाईँले सूर्यबिनायकमा करिब ४४ सय मानिसलाई रोजगारी हुने गरी थोक तरकारी बजार सञ्चालनमा ल्याएको दावी गरेका छन् ।

कमेन्टहरु